• The Public Today
  • रौतहटमा कुटपिट गरी एकको हत्या, दुई छिमेकी पक्राउ


    रौतहट, मंसिर ९ गते : रौतहटमा कुटपिट गरी एकजनाको हत्या भएको छ । रौतहटको वृन्दावन नगरपालिका–७, सखुवा धमौराका अमिरी पासवानको सोमबार साँझ कुटपिट गरी हत्या भएको हो ।

    हत्या आरोपमा प्रहरीले १९ वर्षीय छिमेकी विकास पासवान र सोही स्थानका ५५ वर्षीय बिन्द पासवानलाई पक्राउ गरेको छ । सोमबार साँझ विकास सहितको टोलीले मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा अमिरी पासवानलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

    घाइते अमिरीको गरुडास्थित सिटी अस्पतालमा उपचारका क्रममा राति सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतको शव पोस्टमार्टमका लागि गौर पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस