• The Public Today
  • बालिका हत्या प्रकरण : प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा हवाइ फायर (अपडेट)


    राजकरण महतो
    बर्दिवास, मंसिर ९ गते :
    बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कार गरेर हत्या भएपछि आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्। प्रदर्शनकारीले प्रदर्शन स्थलमा निरन्तर ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ।

    भीड नियन्त्रणमा लिन हवाइ फायर गरेको भए पनि कति राउन्ड हवाइ फायर भएको एकिन नभइसकेको इलाका प्रहरी कार्यलय बर्दिबासका डीएसपी राजन चापागाइँले जानकारी दिए। प्रदर्शन स्थलमा भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

    आरोपितको घरमा लगाएको आगो अनियन्त्रित
    बलात्कार आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन्।

    घरमा लगाएको आगलागी भीषण हुँदै गएको डीएसपी चापागाइँले बताए। घरमा भएको सिलिन्डर पड्किएर आगो अनियन्त्रित्र भएको हो।

    बर्दिबासमा बालिका हत्या : पक्राउ परेका साहको घरमा आगजनी, अवस्था तनावग्रस्त (फोटो फिचर)

    बर्दिबासमा बस्तीबाट वेपत्ता भएकी बालिकाको शव बोरामा भेटियो

    बर्दिबासबाट ६ बर्षिय बालिका बेपत्ता


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस