• The Public Today
  • बालिका हत्या प्रकरण : प्रदर्शनमा उत्रिएकामाथि गोली प्रहार, ३ जना घाइते


    • राजकरण महतो

    बर्दिबास, मंसिर ९ गते । महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको विरोधमा उत्रिएकामाथि प्रहरीले गोली चलाएको  छ। गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्।

    गोली लागेर बर्दिबास नगरपालिका १ घर भएका बुद्धिराज भनिने संजय न्यौपाने,श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी घाइते भएका छन्। संजयको तीघ्रमा गम्भीर चोट लागेको भने कार्कीको टाउको फुटेको जनाइएको छ।

    संजयलाई उपचारका स्थानीय पिनाकल अस्पतालमा लगिए पनि त्यहाँ उपचार संभव नभएपछि बाहिर लैजाने तयारी भइरहेको जनाइएको छ। अहिले बर्दिबास चोकमा मृतक बालिकको शव राखेर प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले आगो नियन्त्रण गर्न आएका दुईवटा दमकलमाथि तोडफोड समेत गरेका छन्

    बिहानैदेखि बन्द भएको राजमार्ग भने प्रहरीले बल प्रयोग गरेर खुलाएको  छ।  प्रदर्शनकारीले प्रहरी बिटमा पनि ढुंगामुणा प्रहार गरेका छन्। यसअघि भीड नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको थियो।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज
    ट्याग : #ब्रेकिङ्ग न्यूज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस