• The Public Today
  • महोत्तरीको बालिका हत्याका आरोपी साह यसअघि पनि पक्राउ परेको खुलासा


    महोत्तरी, मंसिर ९ गते : महोत्तरी बर्दिवासकी ६ वर्षीय बालिका गुलाव खातुनको हत्या अभियोगमा पक्राउ परेका महोत्तरी गौशालाका अरुणकुमार साह यसअघि पनि हत्या अभियोगमा पक्राउ परेको खुलासा भएको छ । साह ६ महिनाअघि मात्रै आफ्नै छिमेकी दिलिप ठाकुरको हत्या आरोपमा पक्राउ परेका अभियुक्त रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

    साह बिरुद्धको मुद्दा अझै जिल्ला र उच्च अदालतमा बिचाराधीन रहेको छ । २८ बैशाख २०७७ मा आफ्नै साथीसँग मादक पदार्थ सेवन गरेर बादविवाद हुँदा साहले ठाकुरको हत्या गरेका खुलेको थियो । महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका साहलाई प्रहरीले ६ वर्षीया बालिका खातुनको हत्या आरोपमा पक्राउ गरेपछि उनी यसअघि पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको खुलेको हो । सो घट्नापछि महोत्तरीको बर्दिवास मंगलबार दिनभर तनावग्रस्त बनेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस