• The Public Today
  • बर्दिबासमा बलात्कारपछि हत्या गरिएकी बालिकाको शव जनकपुर ल्याइयो


    जनकपुरधाम, मंसिर ९ गते । बर्दिबासमा बलात्कार पश्चात हत्या भएको बालिकाको शवलाई पोस्टमार्टमको लागि जनकपुर ल्याइएको छ । बलात्कार पश्चात हत्या भएकी ६ वर्षीया बालिका गुलाबा साह खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको हो ।

    मंगलबार दिउँसो स्थानीय बासिन्दाले शव भेटेको ठाउँबाट उठाएर बर्दिबस चौकमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । प्रहरीले गोलि चलाएर बालिकाको शव नियन्त्रणमा लिइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको हो । प्रहरीले गोलि चलाएपछि भीड तितरवितर भएको थियो ।

    प्रहरीको गोलि प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते समेत भएका छन् । बालिकाको शव पोस्टमार्टमको लागि प्रादेकिशक अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरीका एसपी टीका बहादुर केसीले जानकारी दिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस