• The Public Today
  • घुस लिएको अभियोगमा मुद्दा


    काठमाडौं, मंसिर ९ गते : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मा विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग रु १२ हजार घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

    आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग वन रक्षकले घुस लिएकोसमेत पुष्टि भएको छ । आयोगले आरोपी वन रक्षक विश्वकर्मा विरुद्ध बिगोअनुसारको कारवाहीको माग गरेको छ । रासस


    क्याटेगोरी : मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस