• The Public Today
  • बालिका बलात्कार गरी हत्या गर्ने अरुण यसअघि साथीकै हत्या गरेको खुलासा, धरौटीमा छुटेका थिए


    महोत्तरी, मंसिर १० गत्ते : महोत्तरीको बर्दिवास नगरपालिका १४ शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाव खातुनको हत्या आरोपमा पक्राउ परेका स्थानीय २६ वर्षीय अरुणकुमार साह यसअघि पनि हत्या अभियोगमा पक्राउ परेको रहस्य खुलेको छ ।

    शुभम् बस्तीमा आफ्नै घरमा अरुण किराना पसल संचालन गरेका साह गौशाला नगरपालिका ५ का स्थायी बासिन्दा हुन् । उनी ६ महिनाअघि आफ्नै छिमेकी दिलिप ठाकुरको हत्या आरोपमा पक्राउ परेका अभियुक्त रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
    साहबिरुद्धको मुद्दा अझै जिल्ला र उच्च अदालतमा बिचाराधीन रहेको छ । २८ बैशाख २०७७ मा आफ्नै साथीसँग मादक पदार्थ सेवन गरेर बादविवाद हुँदा साहले ठाकुरको हत्या गरेका खुलेको थियो ।

    आइतबार साँझदेखि बेपत्ता भएकी बालिका गुलाबको बलात्कार गरी हत्या आरोपमा साह पक्राउ परेपछि यसअघिका अपराधिक घटनामा पनि संलग्न भएको रहस्य खुलेको हो । बालिका आइतबार अपराहन्न ४ बजे चकलेट किन्न साहको किराना पसलमा गएपछि घरमा लगेर बलात्कार गरी हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।

    सोमबार साँझ अरुणले आफ्नो परिवारमा बालिकालाई बालत्कार गरी हत्या गरेको जानकारी गराएका थिए । त्यसपछि परिवारजनले इलाका प्रहरी कार्यालय गौशालामा पुगेर अरुणलाई जिम्मा लगाएका थिए । अरुणले दिएको बयान अनुसार उनलाई बर्दिबास ल्याएर बालिकाको शव फालेको ठाउँमा लगेको थियो ।

    घटना विरुद्धमा मंगलबार बिहानैदेखि आक्रोशित स्थानीयले बर्दिबासमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नुको साथै पक्राउ आरोपी साहको घर समेत जलाएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस