• The Public Today
  • बर्दिवास हत्या प्रकरण : न्यौपानेलाई शहिद घोषण गर्नुपर्नेमा माग


    द पब्लिक टुडे
    बर्दिवास, मंसिर १० गते ।
    प्रहरीको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका–१ का ४० वर्षिय बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएपछि बर्दिबासमा बसेको सर्वपक्षिय बैठकले न्यौपानेलाई शहिद घोषण गर्नुपर्नेमा माग गरेका छन् ।

    बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपुर्ती दिनु पर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्ब गरेर बर्खास्त गर्नु पर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनु पर्ने, सरकारसंग माग पुरा गर्न सरसकारसंग वार्ता गर्न वार्ता टोली गटन गर्ने निर्णय गरिएको छ ।
    बैठकले कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वामा ११ सदस्यीय बार्ता टोली गठन गरिएको छ ।

    बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपश्चात् हत्या भएको हो ।

    घटनाको विरोधमा मंगलबार दिउँसो गरिएको प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोलि चलाउँदा गोली लागेर तीन जना घाइते भएका थिए । जसमध्ये बर्दिबास नगरपालिका–१ का सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंस्थित ग्रान्डी हस्पिटलमा मंगलबार राति मृत्यु भएको थियो ।

    बर्दिवासमा स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

    बर्दिबास हत्या प्रकरण : प्रहरीको गोली लागेका संजयको मृत्यु


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस