• The Public Today
  • धनुषामा तलब भत्ता नपाएको भन्दै कर्मचारी आन्दोलित


    अजय कुमार झा
    जनकपुरधाम, मंसिर १० गते ।
    धनुषामा आठ महिनादेखि तलब भत्ता नपाएको भन्दै धनौजी र मुखियापट्टी गाउँपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।

    धनौजी गाउँपालिकाले जेठ महिना शिक्षक तथा कर्मचारीको तलब भुक्तानी नगरेको भन्दै विभिन्न ६ बुँदे माग राखी शिक्षक, स्वस्थ्यकर्मी सहित कर्मचारीहरु धर्नामा बसेका आन्दोलन कारी तथा एवं धनौजिका शिक्षक अनिल साहले जानकारी दिनु भएको छ ।

    धनौजी गाउँपालिकामा रहेका विद्यालयहरुको एस आई पी रकम, छात्रवृत्ति, विद्यार्थीका पाठ्य पुस्तकको रकम पनि नदिएको र शिक्षकहरुको तलब भत्ता चालु आर्थिक वर्षदेखि नै बाँकी रहेका कारणले निक्कै समस्या भोगी रहेका छन् ।

    शिक्षक, स्वास्थ्यकर्मीहरूलाई गाउँपालिकाले कोभिड–१९ को भत्तासमेत उपलब्ध गराउन सकेको छैन । स्वास्थ्य संयोजक रामपुकार दासका अनुसार स्वास्थ्यकर्मीहरू कोभिड–१९ र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्पूर्ण भत्ता उपलव्ध गराउन, जेष्ठ महिनादेखि बाँकी तलब भुक्तानी गर्न, नियमित औषधि आपूर्ति गर्न, स्वास्थ्यकर्मीहरूको फिल्ड भत्ता र गत आर्थिक वर्षसम्मको सम्पूर्ण कार्यक्रमहरूको भत्ता भुक्तानीको माग राख्दै सोमबार देखि गाउँपालिका कार्यालयमा धर्ना दिइएको छ ।

    धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्र सहितका जिम्मेवार अधिकारीहरु कार्यालय जान पनि बन्द गरेको जनाएको छ । खास गरेर गाउँ सभा नभएका कारणले बजेट निकासा नभएर तलब भत्ता दिन नसकेको जनाएको छ ।

    उता मुखियपट्टी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरले गाउँसभा हुन नसकेपछि बजेट पारित हुन नसक्दा तलबको अख्तियारी नपाएको जानकारी दिए । दुवै पालिकाभित्रका स्वास्थ्य, शिक्षा, निजामती लगायतका एक सयभन्दा बढी कर्मचारीहरु मंसिर ७ गतेबाट आन्दोलतनमा रहेका छन् ।

    स्थानीय तह सञ्चालन ऐन अनुसार गाउँ सभा गरेर बजेट पारित गरेपछि मात्र चलाउने प्रावधान रहेकाले गाउँ सभा नै नभएका कारणले कर्मचारी तथा शिक्षकहरु मारमा परेका छन् ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस