• The Public Today
  • सिरहामा झारफुकको बहानामा युवतीमाथि बलात्कार


    सिरहा, मंसिर ११ गते । झारफुकको बहानामा लहानमा एक युवतीमाथि मौलानाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । मिर्चैया नगरपालिका–१० घर भई हाल लहान नगरपालिका –१० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसनले २३ वर्षीया युवतीलाइ झारफुकको बहानामा बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

    लहान नगरपालिका ७ की ती युवती झारफुक गराउन गएको बेला गत मंगलबार दिउँसो मौलानाले बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ । प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

    ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछि निकालेको आफन्तको आरोप छ । मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् । त्यपछि परिवारजन मौलानाको घरमा पुगेर कुटपिट गर्दै उनलाई प्रहरीलाई खबर गरेका थिए । मौलानालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस