• The Public Today
  • बम विस्फोट गराएको आरोपमा ६८ वर्षीय वृद्धसहित दुई पक्राउ


    उदयपुर, मंसिर १२ गत्ते : पाँच दिनअघि उदयपुरका ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    बम विस्फोट गराएको आरोपमा ताप्ली गाउँपालिका-५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र ताप्ली-१ ओख्लेका ३५ वर्षीय रितु विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए।

    विक नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका उदयपुर जिल्ला सदस्य र देवकोटा समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको इन्चार्ज रहेको दाबी प्रहरीले गरेको छ।

    पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यलयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा दुईवटा सुतली बम बिस्फोट भएको थियो।

    गोप्य सूचनाका आधारमा गहिरो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले उनीहरुलाई गाउँबाटै पक्राउ गरेको एसपी दाहालले बताए। रासस


    क्याटेगोरी : मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस