• The Public Today
  • बालिका हत्या प्रकरणः ३ दिनपछि बर्दिवासको अवस्था सामान्य, बजार खुल्यो


    बर्दिवास, मंसिर १२ गते । बालिकको हत्यापछि अशान्त बनेको महोत्तरीको बर्दिबास आजबाट सामान्य अवस्थामा फर्केको छ । ६ वर्षीया बालिकाको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनशमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि मंगबार र बुधबार बर्दिबास तनाबमय थियो ।

    बालिका हत्यापछि उत्पन्न विवाद समाधानका लागि गठिन वार्ता समितिले गृहमन्त्री रामबहादुर थापासँगको छलफलले तीन सदस्य छानबिन टोली गठन गरेर पीडित पक्षले उठाएको माग सम्बोधन गर्न गृहमन्त्री सहमत भएपछि बर्दिबासको अवस्था सामान्य बन्दै गएको हो । 

    ६ बर्षीय बालिका गुलाब साह खातुनलाई अपहरण गरेर हत्या गरेका आरोपीलाई कडा कारवाही  गर्नुपर्ने र आन्दोलनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सञ्जय न्यौपानेलाई सहिद घोषना गर्नुपर्ने लगायतको माग राख्दै बर्दिबासस्थित पुर्वपश्चिम राजमार्ग तथा बजार बन्द गरिएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस