• The Public Today
  • महोत्तरीको सःमिलमा वन कार्यालयको छापा, काठसहित मालिक पक्राउ


    बर्दिबास, मंसिर १२ गते । अवैध सालको काठसहित महोत्तरीको गौशाला-१२ कान्तिबजार पररियाबाट सःमिल मालिक पक्राउ परेका छन् । एका बिहानै बाँके सव-डिभिजन वन कार्यालय लक्ष्मीनीयाँबाट गएको वन गस्ती टोलीले सःमिलमा छापामारी गरेरसःमिलमालिक भागिरथ राउतलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रण लिने क्रममा चार जना वन कर्मचारी घाइते भएका छन् । तस्कर सःमिल मालिक समर्थकहरुले वन कार्यालयको गाडीमा तोडफोड गरेका छन् ।

    सःमिलमा काठ चिरान गर्दै गर्दा छापा हानेको वन टोलीले राउतलाई २५ क्वीफिट अवैध काठसहित पक्राउ गरिएको डिभिजन वनकार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहले जनाए । उनले छापामारी मार्दा चिरान गरेको ४० थान कडी बरामद गरिएको हो।

    बाँके सव–डिभिजन वनकार्यालय लक्ष्मीनीयाँका सहायक वन अधिकृत राम सुन्दर साहको कमाण्डमा गएको वन गस्ती टोलीले धक्कामुक्की गर्दा चारजना वन कर्मचारी घाइते भएका छान् । 

    घाइते हुनेमा फरेष्टर अशोक चौधरी, वन रक्षक राजशंकर झा, थानेश्वर यादव र वन हेरालु सुशिलकुमार सिंह छन् । उनीहरुको हात खुटामा चोट पटक लागेको छ । सःमिलमालिकले वन कार्यालको बा.२ झ २७४९ नम्बरको बोलेले पिकअपमा तोडफोड समेत गरेका छन् । 

    पक्राउ परेका मिलमालिक राउतलाई आवश्यक कारबाहीका लागि वन सुरक्षा शाखा माइस्थानमा राखिएको छ । डिभिजन वनकार्यालय महोत्तरीकाअनुसार कोरोना भाइरसको महामारीको मौका छोपेर गएको ९ महिनामा २ दर्जन काठ तस्करलाई पक्राउ गरिएको छ । कयौं सःमिलमा छापा मारेर ५ सय क्वीफिट काठ बरामद गरिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस