• The Public Today
  • बालिका हत्या प्रकरण : अभियुक्त अरुण साहमाथि जबर्जस्ती करणीसहित चार मुद्दा


     बर्दिबास, मंसिर १२ गते । महोत्तरीको बर्दिबासकी ६ वर्षीया गुलाबसा खातुनको हत्या अभियोगमा पक्राउ परेमा युवकविरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ।

    गौशाला-५ का २६ बर्षीय अरुण साहमाथि शुक्रबार जाहेर दर्ता गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जनाए।

    ‘अपहरण, शरीर बन्धक, जबर्जस्तीकरणी र कर्तव्य ज्यानमा आरोपीमाथि मुद्दा दर्ता गरेका छौं,’ डीएसपी राजन चपागाईंले भने।

    गाउँबाटै अपहरणमा परेकी बर्दिबास-१४ शुभम् बस्तीकी बालिकाको हत्या भएको थियो। त्यही घटनाले तनाब बढ्यो। 

    आइतबार साँझ गाउँबाटै बेपत्ता भएकी अबोद्ध बालिकाको शव ३५ घण्टापछि झाडीमा भेटियो। हत्या गरेर बोरामा गुलाब्सको शव लुकाइएको थियो।

    बालिका खातुनको हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा गाउँलेहरु प्रदर्शनमा उत्रिएका थिए। उनको हत्यारालाई कडा कारवाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरी अन्धाधुन्द गोली चलाउँदा सञ्जय न्यौपानेको ज्यान गएको थियो।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस