• The Public Today
  • जीप दुर्घटनामा चारको मृत्यु


    जाजरकोट, मङ्सिर १३ गत्ते : जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ ।

    आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उहाँले जानकारी दिनुभयो । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् । रासस


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस