• The Public Today
  • ‘शव बर्दिबास नल्याउन कसैले दवाव दिएको छैन’


    द पब्लिक टुडे
    बर्दिवास, मंसिर १४ गते ।
    महोत्तरीको बर्दिवासमा न्यायका लागि भएको प्रदर्शनमा प्रहरीले प्रहार गरेको गोली लागेर ज्यान गुमाएका संजय भनिने बुद्धिराज न्यौपानेको अन्त्यष्टी परिवारजनहरुले नै पशुपति आर्यघाटमा गरेको जनाएको छ ।

    मृतकका भाई मनोज न्यौपानले बर्दिबास शव नल्याउन कसैले दवाव नदिएको बताएका छन् । राजनीतिक दलले मृतक संजयको शव बर्दिबास नल्याउन परिवारजनलाई दवाव दिएको चर्चा छ । कसैले कसैलाई आरोप प्रत्यारोप नगर्न परिवारजनले सबैमा आग्रह गरेका छन् ।

    ६ वर्षिया बालिका हत्यालाई लिएर तनावग्रस्त बनेको बर्दिबासको वातावरण शान्त बनाउन सहयोग गरेको भन्दै वार्ता समितिका संयोजक चिरञ्जिवी हमालले धन्यवाद दिएका छन् ।
    १३ औं दिनको पुण्य तिथीमा मृतक संजयको श्रद्धाञ्जली सभा आयोजना गरिने बर्दिबास सेवा समितिले जनाएको छ ।

    गत आईतबार साँझदेखि हराइरहेकी ६ वर्षीय बालिका गुलाब साह खातुनको शव सोमबार मध्यराती फेला परेको थियो । बालिकाको हत्याको विरोधमा प्रदर्शनका उत्रिएका बर्दिबास–१ का ४२ वर्षीय संजय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर उपचारको क्रममा ज्यान गएको थियो । यो समाचार आजको द पब्लिक टुडे मा छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस