• The Public Today
  • उपत्यकामा कोरोनाको मास परीक्षणको तयारी


    काठमाडौं, मंसिर १४ गते : सरकारले काठमाडौं उपत्यकाका हट स्पटहरुलाई लक्षित गरी कोरोनाको मास परीक्षण सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय पालिकाको समन्वयमा सोमबारबाट परीक्षण सुरु हुने भएको हो ।
    काठमाडौँका मुख्य हटस्पट मानिएका क्षेत्रमा परीक्षण गरिनेछ ।

    कोरोना संक्रमण धेरै देखिएका स्थानहरु कलंकी, बुढानिलकण्ठ,सोह्रखुटेलगायतका स्थान छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाशुदेव पाण्डेका अनुसार पछिल्लो समय संक्रमितहरु कम सम्पर्कमा आउन थालेपछि सरकारले यो टेस्टलाइ प्राथमिकता दिइएको हो ।


    क्याटेगोरी : मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस