चरा ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण

बागलुङ, मंसिर १४ गते । बागलुङको गल्कोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ।
बेलकोटगढी नगरपालिका-६ झिल्टुङमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। हेलिकप्टरमा सवार सबैको अवस्था सामान्य छ।
हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए।
क्याटेगोरी : मुख्य समाचार, विविध, समाज
प्रतिक्रिया दिनुहोस