• The Public Today
  • रौतहटह : बाबुले नै छोरीको हत्या गराएको खुलासा


    शैलेन्द्र महतो
    जनकपुरधाम, मंसिर १४ गते ।
    रौतहटहमा आफ्नै बुबाले सुटरलाई एक लाख रुपैयाँ तिरेर छोरीको हत्या गरेको खुलासा भएको छ।

    गएको कात्तिक २६ गते माधवनारायण नगरपालिका ७ लौकाहा बस्ने रामअयोध्या साह तेलीकी छोरी १७ वर्षीया अमृताकुमारी साहको आफ्नै घरमा सुतिरहेका बेला कञ्चटमा गोली हानी हत्या गरिएको थियो।

    अमृता पतिसँग सम्बन्धविच्छेदपछि आमाबुबाकै साथमा बस्दै आएकी थिइन्। पछिल्लो समय उनी प्रेममा परेको प्रहरीको भनाइ छ। छोरीले भागेर बिहे गरे आफ्नो इज्जत जाने ठानेर बुबा राअयोध्याले हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    छोरीको हत्याका लागि रामअयोध्याले सुटरलाई एक लाख रुपैयाँको सुपारी दिएको खुलासा भएको छ। हत्याको घटनामा प्रहरीले ५५ वर्षीय रामअयोध्यासहित ६ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस