• The Public Today
  • धनुषामा थप एक कोराना संक्रमितको मृत्यु


    द पब्लिक टुडे
    गौशाला, मंसिर १४ गते
    । धनुषामा कोराना संक्रमित थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिका वडा नं.(१ भुतहीका ४६ वर्षीय पुरुष रहेका छन् ।
    उनको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    ती पुरुष एक्कासी बिरामी भएपछि गत मंसिर १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन स्वाब संकलन गर्दा १३ गते शनिबार पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा आइतबार उनको मृत्यु भएको निर्देशनालयका वरिष्ठ चिकित्सक डा। कमलेश यादवले जानकारी दिए ।

    वरिष्ठ चिकित्सक डा। यादवका अनुसार ती पुरुष मधुमेहका रोगी थिए ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस