• The Public Today
  • राइस मिलमा आगलागी हुँदा लाखौंको क्षति


    द पब्लिक टुडे
    गौशाला, मंसिर १४ गते ।
    बाराको भरवलियास्थित एक राइस मिलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

    जिल्लाको फेटा गाउँपालिका–१ भरवलिया टोल बस्ने सुधिर पटेलले सञ्चालन गरेको नितेश राइस मिलमा आगलागी हुँदा करिब १ लाख ४० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    खरले छाएको १ तल्ले घरमा सञ्चालित मिलमा अचानक आगलागी हुँदा घरको छानो पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यसैगरी मोटर २ थान, धान ९ बोरा, ५ सय किलो गहुँ, २ बोरा धानको भुस पनि जलेर आंशिक क्षति पुगेको छ ।

    अपरान्ह ४ बजेतिर लागेको आगो प्रहरी र स्थानियबासीको प्रयासमा आधा घण्टापछि नियन्त्रणमा आएको थियो ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस