• The Public Today
  • शेखर गोल्छा बने उद्योग वाणिज्य महासंघको अध्यक्ष


    द पब्लिक टुडे
    गौशाला, मंसिर १४ गते ।
    नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष शेखर गोल्छा बनेका छन् । कार्यकाल पुरा भएपछि अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने विधान अनुसार भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरेकी हुन् ।

    आइतबार विहान निर्वाचन सम्पन्न भएको थियोे । प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरे । योसँगै आजबाट भवानी राणा निवर्तमान अध्यक्ष बनेकी छिन् । गोल्छा नेतृत्वको कार्यसमितिमा उनी दोस्रो वरियतामा रहनेछिन् ।

    हालका निवर्मान अध्यक्ष पशुपति मुरारका पूर्व अध्यक्ष बनेका छन् । गोल्छाले आजै पद तथा गोपनियताको सपथ समेत लिएका छन् । महासंघको निर्वाचनले चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्ष चुनेको छ । उनी गोल्छा पछि स्वतः अध्यक्ष हुनेछन् ।

    जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्ज श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाइ चुनिएका छन् ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस