नक्कली नोटसहित पक्राउ

प्रतीकात्मक तस्विर
कञ्चनपुर, मंसिर १४ गते : नक्कली नोटसहित भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई आज प्रहरीले पक्राउ गरेको छ । हजारका दरका तीन थान नक्कली नोटसहित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
स्थानीय पसलमा सामान खरिद गर्ने क्रममा नाथले नक्कली नोट दिएको पाइएपछि पक्राउ गरिएको उनले बताए । पक्राउ परेका नाथमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ । रासस
क्याटेगोरी : मुख्य समाचार
प्रतिक्रिया दिनुहोस