• The Public Today
  • महोत्तरी : मालिकबाट बलात्कृत भएको खुलासा


    द पब्लिक टुडे
    बर्दिबास, मंसिर १५ गते ।
    महोत्तरीमा १७ वर्षीया बालिका आफ्नै दाजुको मालिकबाट बलात्कृत भएको खुलासा भएको छ ।बालिकाको गर्भमा पाँच महिनाको बच्चा हुर्किरहेको छ । गत असारमा गाउँकै २१ वर्षीय ललन राउतले बालिकालाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

    ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक (डीएसपी ) राजन चपागाईंका अनुसार प्रहरीमा जबर्जस्तीकरणी शीर्षकमा राउतमाथि उजुरी परेको छ ।
    गत मंसिर ७ गते गाउँबाटै अभियुक्त राउतलाई पक्राउ गरी अनुसन्धान गरिहेको इप्रका बर्दिवासले जनाएको छ ।


    ‘बालिकाको गर्भमा पाँच महिनामा बच्चा छ । गर्भपतन गराउन नमिल्ने अवस्था छ,’ डीएसपी चापागाईंले भने ।गत असारमा भैंसी चराउन बालिका घर नजिकैको रातु खोल्सीमा गएकी थिइन् । मोटरसाइकलमा आएका आरोपीले उनलाई घारीमा लगेर बलात्कार गरेको पीडित परिवारजनले जनाएको छ ।

    ‘मुख थुनेर उनले मेरो छोरीको इज्जत लुट्यो,’ आरोपीले कसैलाई भनेमा ज्यान मारिदिने छोरीलाई धाकधम्की र डर देखाउँदैं पटकपटक बलात्कार गरे ।’ आरोपी राउतले पक्की घरको सेटिङ्गको ठेक्कापट्टाका काम गर्छन् । उनकैमा पीडित बालिका दाजु मजदुरी गर्थें ।

    अविवाहित बालिकाको अस्वभाविक रुपमा पेट बढ्दैं गएपछि बालिका बलात्कृत भएको घटना ५ महिनापछि खुलेको हो ।

    महिला सांस्कृतिक उत्थान केन्द्र बर्दिबासकी अध्यक्ष सारदा दाहालले भन्छिन्, ‘बलात्कारीलाई त कानुन अनुसारकारवाही हुन्छ । उ जेल जान्छ । तर, पीडित बालिकाको विवाहवारी, बच्चाको पालनपोषण, उसको भविष्य अन्योलमा परेको छ ।’ अविवाहित बालिका गर्भवति भएपछि उनीप्रति गाउँलेको दृष्टिकोणले जीवनभरी बालिका अपहेलित हुनेहुँदा उनले चिन्ता व्यक्ति गरिन् ।

    यता, पीडिकलाई छुटाउन गाउँका नेताहरुले चलखेल गरिरहेको पीडित परिवारले जनाएको छ । यो समाचार आजको द पब्लिक टुडे मा छ ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस