• The Public Today
  • धनुषाको ढल्केवरमा १५ शैय्या अस्पताल भवनको शिलान्यास (फोटोफिचर)


    • विजय कुमार सिंह

    ढल्केवर, मंसिर १५ गते । धनुषाको मिथिला नगरपालिकामा १५ शैय्या अस्पताल भवनको शिलान्यास गरिएको छ । मिथिला नगरपालिका–६ ढल्केवरस्थित रहेको स्वास्थ्य चौकीमा १५ शैय्या अस्पताल भवनको शिलान्यास गरिएको हो ।

    एक स्थानीय तह, एक अस्पताल बनाउने सरकारको योजना अन्तर्गत सो अस्पताल निर्माण गर्न लागिएको हो । सोमवार मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो र उपमेयर तारा कुमारी बस्नेतले अस्पताल भवनको शिल्यानास गरेका हुन् ।

    पञ्चवर्षिय योजनामा रहेको सो अस्पताल संघिय सरकारको करिब १८ करोडको लागतमा निर्माण हुन लागेको मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले जानकारी दिए । उनले पहिलो चरणमा यस बर्षको लागि सरकारले ३ करोड २३ लाख रुपैया छुट्याएको बताए ।

    शिल्यानास कार्यक्रममा ढल्केवर स्वास्थ्य चाैकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मिथिला नगरपालिका-६ का वडाअध्यक्ष भक्त बहादुर बलम्पाकी, सबै वडाका वडाअध्यक्ष, ढल्केवर स्वास्थ्य चाैकीका इन्चार्ज रामप्रबोध साह, मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साह, नगरपालिकाका कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

    चालु आर्थिक वर्षमा देशभर ३९६ स्थानमा पाँच देखि १५ शैय्याको अस्पताल सञ्चालन गर्ने सरकारको योजना छ । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस