• The Public Today
  • राजतन्त्रको माग गर्दै काठमाडौंमा प्रदर्शन


    काठमाडौं, मंसिर १५ गते : केही दिनयता देशैभर प्रदर्शन गरिरहेका राजतन्त्र समर्थकहरुले आज काठमाडौंमा पनि प्रदर्शन गरेका छन्।

    वीरगञ्ज, नेपालगञ्ज, हेटौंडा, पोखरालगायतका देशका मुख्य सहरहरुमा प्रदर्शन गरिरहेका राजावादीले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

    राष्ट्रिय झण्डा बोकेर सयौँको संख्यामा उपस्थित राजावादीहरुले गणतन्त्रविरुद्ध नाराबाजी गरेका छन्। आजको कार्यक्रममा राप्रपाका पूर्वनेता केशरबहादुर विष्टलगायतले माइतीघरमा आयोजित कोणसभालाई सम्बोधन गरेका थिए।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस