• The Public Today
  • ‘आदिपुरुष’मा सिता बनिन् कृती


    मुम्बई : मंसिर १५ गते : अभिनेत्री कृति सेनन हमेशा चर्चामा रहने गर्दछिन् । उनी कहिले प्रोफेसनल जीवन त कहिले पर्सनल जीवनका कारणले चर्चामा छाउने गरेकी छन् । अहिले भने उनी फिल्म ‘आदिपुरुष’को कारणले चर्चामा छिन् । फिल्ममा उनले सुपरस्टार प्रभासको साथ महत्वपुर्ण भुमिका निर्वाह गरेको समाचार बाहिर आएको छ ।
    समाचारका अनुसार फिल्ममा कृतिले सीताको भुमिका निर्वाह गरेकी छन् ।

    कृतिले सिताको भुमिका निर्वाह गरेको समाचार बाहिर आएपछि उनका फ्यानमा खुसी छाएकोछ । फिल्ममा अभिनेता प्रभासले रामको भुमिका निर्वाह गरेका छन् । कृति र प्रभासको अलवा फिल्ममा सैफअली खान पनि देखिनेछन् । सैफको फिल्ममा रावणको भुमिका रहेको छ । फिल्म ‘आदिपुरुष’ एक पौराणिक कहानीमा आधारित फिल्म हो । एजेन्सी


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस