• The Public Today
  • शिक्षा मन्त्रीद्वारा महोत्तरीमा नमूना विधालय भवनको शिलान्यास


    बर्दिवास, मंसिर १५ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीको जलेश्वरस्थित लक्ष्मी मुरारका माध्यमिक विधालयको एकिकृत भवनको शिलान्यास गरेका छन् । शिक्षा मन्त्रालयले यो विद्यालयलाई नमूना  विधालयको बनाउने सूचीमा राखेको छ ।

    ‘देशलाई आवश्यक परेका जनशक्ती विधालयबाट उत्पादन हुन्छ । जो संसारको कुनै पनि कुनामा काम गर्न सक्दछ,’शिक्षा मन्त्रीले भवनको शिलान्यास गर्दै भने,‘विद्यालयलाई नमूना बनाउन असल नेतृत्वको खाँचो छ ।’ गुणस्तरीय शिक्षाले मात्र देश बदलिने मन्त्री पोखरेलले औंल्याए ।

    ‘हामी शिक्षाका निकै पछाडी छौं । मानव विकास सुचाङ्क शिक्षित समाजले मात्रै उकालो लाग्छ,’उनले भने, ‘अब शिक्षक सेवा आयोग पास नगरेका मान्छेलाई शिक्षक बनाउन मिल्दैन ।’  

    शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य अभिराम शर्मा, रानी शर्मा, जलेश्वरनाथ नगरपालिकाका मेयर रामशंकर मिश्र, वडा अध्यक्ष बरुण दाहाल लगायतको उपस्थिति रहेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस