• The Public Today
  • भारतमा कोेरोनाले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार नाघ्यो


    काठमाडौं, मंसिर १६ गत्ते : भारतमा कोेरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार १३९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा ४४३ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३८ हजार ७७२ नयाँ संक्रमित थपिएका छन् । तथ्यांक अनुसार भारतमा ९४ लाख ३१ हजार ६९१ जनामा कोरोना संक्रमण भइसकेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस