• The Public Today
  • काेराेनाविरुद्ध तीन खोप : कुनको मूल्य कति ?


    मंसिर १६ गते : बेलायतका अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीले संयुक्त रूपमा बनाएको खोपको मूल्य अमेरिकाका कम्पनी मोडेर्ना र फाइजरले बनाएको खोपको तुलनामा कम पर्नेछ।

    बीबीसीका अनुसार मोडेर्नाको खोपको प्रतिडोज मूल्य १५ डलर छ भने फइजरको २५ डलर छ। अस्ट्राजेनेकाले बनाएको खोप खोपको प्रतिडोज मूल्य ३ डलर मात्र छ।

    अस्ट्राजेनेकाले विकास गरेको खोप लगाउन पनि सजिलो छ। यो कम तापमानमा पनि राख्न सकिन्छ। तर यो खोप अघिल्ला दुई खोपका तुलनामा कम अर्थात् ६२ देखि ९० प्रतिशत मात्र प्रभावकारी पाइएको छ।
    बेलायतले उल्लिखित तीनवटै खोपको ‘प्रिअर्डर’ गरिसकेको छ।

    बीबीसीका अनुसार उसले मोडेर्नाको खोप ७० लाख, फाइजरको ४ करोड र अस्ट्राजेनेकाको १० करोड डोज प्रिअर्डर गरेको हो।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस