• The Public Today
  • शिक्षालयको नमुना भवन, शिक्षा मन्त्री पोखरेलले गरे उद्घाटन


    द पब्लिक टुडे
    खयरमारा, मसिर १६ गते ।
    शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले निर्मल लामा बहुप्राबिधिक शिक्षालयको नमुना भवन उद्घाटन गरेका छन् ।

    महोत्तरीको बिकट क्षेत्रमा पर्ने खयरमारामा शिक्षालय खुलेपछी यहाँ अवस्था फेरिएको छ ।शिक्षालयको तीन करोड ७४ लाखको लागतमा भवन निर्माण भएको हो । १० महिना भवन निर्माण भएको हो । शिक्षालयको अर्को तीन करोड ७१ लाखमा निर्माण भैरहेको सिटिभिटी निवर्तमान निर्देशक बिनय कुमार मिश्रले बताए ।

    डिप्लोमा इन सिभिल इन्जिनिरिङ, जियोमेट्रइक इन्जिनिरिङ, फोरेस्ट्ररि , होटल मेनेजमेन्ट, फुड एन्ड डेरि, फर्मेसी, रिडियो ग्राफिको पढाइ भैरहेको शिक्षालयका प्राचार्य रमन कुमार मेहताले बताए ।

    देशका २२ जिल्लाका ५३८ जना अध्यनरत छन । पुर्व ताप्लेजुङदेखि पश्चिम हुमलासम्मा विद्यार्थी पढिरहेका छ्न । सिटिभिटीले तयारपारेको डिप्लोमा तह, टिएसएलसी र छिटो अवधिको सम्पुर्ण कार्यक्रमहरु क्रमस संचालित हुनेछ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस