• The Public Today
  • प्राविधिक शिक्षा मुलुक समृद्धिको आधार : मन्त्री पोखरेल


    महोत्तरी, मंसिर १७ गत्ते : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्ष जनशक्तिको विकासले समृद्धिको आधार बनाउने बताएका छन् । बर्दिबास नगरपालिका–११ सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै मन्त्री पोखरेलले मुलुकका सातै प्रदेशमा एकएक मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय र सङ्कल्पअनुसार काम अघि बढेको बताए ।

    नवनिर्मित भवन तीन करोड ७४ लाखको लागतमा निर्माण भएको हो । जम्मा २१ कोेठाको सो अत्याधुनिक भवनमा प्राविधिक विषयको सैद्धान्तिक र व्यावहारिक अभ्यास छात्रछात्रालाई गराइने शिक्षालयका प्राचार्य रमणकुमार मेहताले बताए । शिक्षालयको ४० कोठे अर्को भवन अझै निर्माणाधीन छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस