ट्रम्पलाई ठूलो झट्का : चुनावमा धाँधली भएको कुनै प्रमाण फेला परेन

काठमाडौं, मंसिर १७ गते : अमेरिकाका महान्याधिवक्ता विलियम बारले हालै सम्पन्न राष्ट्रपतिको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेजस्तो धाँधली भएको कुनै प्रमाण फेला नपरेको बताएका छन्।

महान्यायाधिवक्ता बारले भने, ‘अहिलेसम्म त्यस्तो किसिमको धाँधलीको कुनै प्रमाण फेला परेको छैन, जसले मत परिणाम प्रभावित गरोस्।’

महान्यायाधिवक्ताको यस्तो बयान ट्रम्पका लागि ठूलो झट्का हो। किनकि ट्रम्पले चुनवामा धाँधली भएको भन्दै अहिलेसम्म आफ्नो हार स्वीकार गरिरहेका छैनन्।

ट्रम्प पक्षले चुनावमा धाँधली भएको दाबी गर्दै जुन जुन राज्यका अदालतमा मुद्दा हालेका थिए, त्यहाँ हार सामना गर्नु परिरहेको छ। र, ती राज्यले जो बाइडेनलाई जितको प्रमाणपत्र दिइरहेका छन्। बीबीसी