• The Public Today
  • नेपाल प्रहरीका दुई एसपी निलम्बित


    काठमाडौं, मंसिर १७ गते । नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी) निलम्बनमा परेका छन् ।  

    एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादवलाई निलम्बन  गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले बताए । 

    निलम्बित प्रहरी अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाइएको छ । 

    कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुखेर्तमा रहँदा उनीहरुले प्रहरी आचरण विपरित आर्थिक अनियमितता गरेको छानविन रिपोर्टका आधारमा गृह मन्त्रालयले निलम्बन गरेको बताइएको छ ।

    बस्नेत अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए । 

    गृह मन्त्रालयले केही दिनअघि मात्र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीका डिएसपी भरत चौधरीलाई निलम्बन गरेको थियो । 

    चेन अफ कमाण्डलाई जानकारी नगराइकन ड्युटी छाडेको आरोपमा मन्त्रालयले उनलाई निलम्बन गरेको हो । अहिले मालाखोतीमा डिएसपी प्रेम बहादुर शाहीलाई खटाइएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस