• The Public Today
  • ५ सयले बढ्याे सुनको मूल्य


    काठमाडौं, मंसिर १७ गते । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९० हजार ५०० मा कारोवार भएको थियो ।

    सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । यस्तै तेजाबी सुनसमेत आज प्रतितोला रु ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    प्रतितोला रु ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने रु ९० हजार ५५० मा कारोवार भएको छ । यस्तै चाँदी आज प्रतितोला रु एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला रु ३० ले वृद्धि भएको छ ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस