• The Public Today
  • काँग्रेसद्वारा दुःख व्यक्त


    काठमाडौं, मंसिर १७ गते : नेपाली काँग्रेसले स्याङ्जा, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणकी माता फूलकुमारीको निधनप्रति दुःख व्यक्त गरेको छ । श्रीमती खाँणको मङ्गलबार वालिङ–९ स्थित आफ्नै निवासमा ८६ वर्षका उमेरमा निधन भएको हो ।

    काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल आज शोक वक्तव्य मार्फत पार्टीका तर्फबाट उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्व.खाँण विसं २०१५ का निर्वाचित सांसद स्व.यमबहादुर खाँणकी धर्मपत्नी हुन् । श्रीमती खाँणले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । रासस


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाज


    प्रतिक्रिया दिनुहोस