• The Public Today
  • थप १४ सय ९० मा कोरोना पुष्टि, १५ सय ६७ निको


    काठमाडौं, मंसिर १७ गते : नेपालमा पछिल्ले २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै अहिलेसम्म २ लाख १८ हजार १६१ जना निको भएका छन्।

    मन्त्रालयका अनुसार पछिल्लो २९ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस