• The Public Today
  • गायक यादवको ‘हमर मिथिला महान’ गीतको म्यूजिक भिडियो सार्वजानिक


    • बिबेक कुमार महतो

    बर्दिबास, मंसिर १७ गते । गायक रामबली यादवको स्वरमा ‘हमर मिथिला महान’ गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

    मिथिला मधेशको कृषि,सान्स्कृतिक परम्परा लाई शीर्षक बनाएर मैथिली गीत ‘हमर मिथिला महान’ गीतको म्यूजिक भिडियो डिके फिल्मस् नामको मैथिली युट्युब चाइनलबाट सार्वजानिक गरिएको हो ।

    भिडियोमा मधेश मिथिलाको परम्परालाई दर्शाएका छन् । गीतको शब्द निराजन यादव र संगीत जागेश ठाकुरले दिएका छन् । गीतको म्युजिक एरेञ्ज रोहित प्रमोदले गरेका हुन् ।

    उमेश साहले निर्माण गरेको उक्त भिडियोको निर्देशन सोनु कुमारले गरेका हुन् ।

    म्युजिक भिडियोमा अजमल खान, नीरजान यादव, शोभा पासवान, रामकुमार यादव, आरती भण्डारी, देबु, तेज नारायण, चन्देश्वर मण्डल र सकल देवी मंडलले अभिनय गरेका छन् ।


    क्याटेगोरी : भिडियो, मनोरंजन, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस