• The Public Today
  • कांग्रेस नेता पौडेल ३ घण्टापछि रिहा


    काठमाण्डाै, मंसिर १७ गते : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनुभएको छ । निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका नेता रामचन्द्र पौडेल झण्डै तीन घण्टापछि रिहा हुनुभएको हो ।

    पौडेलसहित उहाँसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस