• The Public Today
  • दलितको आवाज !


    • लक्ष्मण बराइली

    बैज्ञानिक शास्त्र अनुसार संसारमा मानव समाजको विकास आदिम साम्यवादी युगबाट प्रारम्भ भएको हो । मानिस जंगली अवस्थाका थिए । ती मानिसहरु जंगलको कंदमुल फलफुल खान्थे । ओढार मुनी बास बस्थे । त्यो जंगली समाजमा राजा रजौटा, धनी गरिब, देवी देवता, धर्म जातीपाती केहि थिएन । जब जब मानिसमा चेतनाको विकास भयो पशुपालन र खेती गर्न थाले । केहि टाठाबाठाहरुले सिधासाधा मानिसको आय आर्जन श्रम शोसन गर्न थाले ।

    त्यस पश्चात मानव समाज दास युगमा प्रवेश गर्यो । त्यो मानव समाजमा राजा रजौटा स्वर्ग देवी देवता धनी गरिबको उदय भएको पाईन्छ ।

    सीप श्रमको आधारमा फलाम कपडा माटो छाला काठ बाँसको नांगला डागडा बनाउनेलाई श्रमको आधारमा दलित जातियमा विभाजन गरियो ।

    दलित जातीहरु जस्तै पहाडतीरका वादी, गाइने, कुसले, सार्की, दमाई, कडेरी, पडरी, कामी, हुटके, चदरा, च्यामे, राउट छन् भने मधेशतीरका दुसाद, मुसहर, चमार खत्वे डोम कुचे, ढांगर, पौडे, तत्मा, धोवी, बञ्जारा, वनकरिया, लोहार, कोकी आदि जातीहरु पर्दछन् ।

    धर्म शास्त्र प्राण्मा दलित जातीहरुको उत्पती ब्रहमाजीले संसार र मानव जातीहरुमा चारजात सृष्टि गरेका छन् । जस्तै ब्रह्माको शरिरबाट ब्राह्मण, पेटबाट ठकुरी, क्षेत्री, तीघ्राबाट वैश्य, खुट्टाको पाउँबाट शुद्ध जाती भन्नाले दलित जातीहरु पर्दछन् ।

    -लक्ष्मण बराइली

    आजभन्दा पूर्वकाल पाँचहजार बर्ष देखिनै मानव समाजमा सामन्ती धर्म शास्त्र पुराणबै नीति नियम बनाई सार्वजानिक स्थलमा मठ मन्दिर पानीको ईनार कुवा धारा भोज भतेरमा प्रवेश गर्न दलितलाई निषेध गरिएको छ । यी जातिहरुको समाजमा सीप चल्छ, श्रम चल्छ, कला चल्छ, आर्थिक चल्छ, रगत चल्छ तर दलित जातीहरुको पानी चल्दैन ।

    यो प्रथा दास युगदेखि बाइसे चौबिसे राज्य राणा शासन पञ्चायती व्यवस्था हुँदै बहुदलिय गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा यो प्रथा कायमै छ ।

    मानव समाजमा हुने दलितमाथि गरिने जातिय विभेद छुवाछुत भेदभाव कुसंस्कार विकृति जस्ताको पीडा छ भने अर्कोतीर आर्थिक समाजिक शिक्षा भुमी गाँस बास काम र मामबाट बञ्चित भएका छन् ।

    चारखुट्टे पशुभन्दा पनि दलितहरुलाई तल राखिएको छ । यो समाजमा दलित जाती मध्ये डोम जातीको ठुला दलित जातीहरु अहिलेसम्म उसको हातबाट पानि खाँदैन ।

    बजारको नास्ता पसलसम्म सार्वजानिक धारा, कुवा, पोखरी, इनारमा, डोम जातीहरुलाई प्रवेशमा निषेध गरिएको छ । उनीहरुलाई दोहरो दलितको भार बोक्नुपर्छ ।

    खासमा दलित भन्ने कुरा त जातमा हुँदैन । मानव विकासको अध्ययनले भन्छ– यो संसारमा दलित कोही पनि छैन । न त कथित उच्च जातिका कोही छन् । मान्छे जातले दलित र अदलित हुँदैन ।

    आर्थिकरूपमा धनी र गरिब हुनसक्छ । वैचारिक रूपमा कोही कांग्रेस, कोही कम्युनिष्ट हुनसक्छ । बौद्धिक रूपमा कोही अति चलाख, बुद्धिमान र कोही सामान्य बौद्धिकस्तरको हुनसक्छ ।

    तर, छोएको भरमा पानी नै नचल्ने जाति वा मानिस दलित हुनै सक्दैन ।

    शारीरिक बनावटको हिसाबमा कोही अग्लो वा होचो हुनसक्छ । नागरिकताको हिसाबमा कोही अमेरिकन, कोही भारतीय वा नेपाली हुनसक्छ । धर्मको हिसाबले कोही हिन्दु वा बौद्ध वा क्रिस्चियन आदि धर्मावलम्बी हुनसक्छ ।तर, छोएको भरमा पानी नै नचल्ने जाति वा मानिस दलित हुनै सक्दैन ।

    यो देशमा ठुलाठुला जनआन्दोलन भए व्यवस्थाहरु परिवर्तन भए जनताको संविधान बन्यो सरकार कति आए कति गए तर जातिय विभेद अन्त्य भएन । बरु बलात्कार हत्या हिंसा अपहरण भ्रष्टाचार लुटपाट तस्करी मौल्यायो तर गरिब दलित सुकुमवासी पिछ्डावर्ग जातिहरुमा गाँस बास जनजीविकाको शान्ति सुरक्षाको व्यवस्था भएन ।

    आदरणीय शोषित पीडित उपेक्षित दलित जनसमुदायहरु अधिकारको लागि एकढिक्का भई संगठित होऔं । अधिकारको लागि हाम्रो आवाजको आदी बेहेरी हिमाल पहाड मधेस सहर प्रदेश थरथराई कामियोस् । सरकारले गरिबको गाँस बास काम र मामको ग्यारेन्टी नगरेसम्म जातिय विभेदको अन्त्य नगरेसम्म हाम्रो आवाज र एकता कायम रहोस् ।


    क्याटेगोरी : मुख्य समाचार, विचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस