• The Public Today
  • सर्लाहीमा बस र कार एकआपसमा ठोक्किँदा कार चालकको मृत्यु


    द पब्लिक टुडे
    गौशाला, मंसिर १८ गते ।
    सर्लाहीको बाँके जंगलमा वुधवार राति बस र कार एकआपसमा ठोक्किँदा कार चालकको मृत्यु भएको छ।

    पूर्व(पश्चिम राजमार्ग अन्तरगत बाँके जंगलमा जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा जार्दै गरेको ना ४ ख २७९६ नम्वरको बस र विपरीत दिशाबाट आएदै गरेको प्रदेश २–०२–००१–च ०३१९ नम्बरको कार एकआपसमा ठक्कर खाँदा कार चालक महोत्तरीको मनरा नगरपालिका १ का नागेन्द्र कुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटना राति ८ बजे भएको हो। दुर्घटनामा गम्भीर घाईते भएका सिंहलाई उपचारका लागि लालबन्दीतर्फ लैजार्दै गर्दा गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस