• The Public Today
  • विवाह बन्धनमा बाँधिदै अभिनेत्री स्वेता


    काठमाडौं, मंसिर १८ गत्ते : अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदैछिन् । उनले मंसिर २२ गते धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।

    श्वेताको विवाहको कार्ड सार्वजनिक भएसँगै उनको विवाह पक्का भएको पुष्टि भएको हो । दुलाहाको तर्फबाट बाँडिएको कार्ड सार्वजनिक भएको छ ।

    विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने स्वेता निकट स्रोतले बताएको छ ।

    चलचित्र ‘कहाँ भेटिएला’बाट श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा नेपाली चलचित्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते श्रीकृष्णसँग विवाह गरेकी थिइन् । श्रीकृष्णको उपचारकै क्रममा विवाहको ३२ दिनपछि साउन २५ मा निधन भएको थियो ।


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस