• The Public Today
  • भारतीय अभिनेता रजनिकान्त जनवरीमा पार्टी दर्ता गर्ने


    मंसिर १८ गते : भारतका चर्चित अभिनेता रजनिकान्त राजनीतिमा प्रवेश गर्ने भएका छन्। ट्वीटरमा उनले आफू राजनीतिमा प्रवेश गर्ने र पार्टी खोल्ने विषयको पुष्टि गरेका छन्।

    रजनिकान्तले ३१ डिसेम्बरमा पार्टी खोल्ने घोषण गर्ने र आगामी जनवरीसम्म पार्टी दर्ता गर्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

    उनले ट्वीटमा भनेका छन्,‘अहिले नभए कहिले, हामी परिवर्तन गर्नेछौं, सबै परिवर्तन गर्नेछौं।’

    मेगास्टार रजनीकान्तले पार्टी खोल्ने घोषणा गरेसँगै उनका समर्थकहरुले यस कार्यको स्वागत गरेका छन्। सन् २०१७ मा नै उनले राजनीतिक पार्टी खोल्ने घोषणा गरेका थिए।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस