• The Public Today
  • महोत्तरी : अवैद्य काठ राखेको आरोपमा फर्निचर संचालक पक्राउ


    आरएन महतो
    बर्दिवास, मंसिर १८ गते ।
    महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमाराबाट अवैद्य काठ फर्निचरमा राखेको आरोपमा फर्निचर संचालकलाई पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सोही ठाउँका फर्निचर संचालक विल्टु ठाकुर रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले बताए ।

    गत वैशाख ४ गते बाँके सव–डिभिजन कार्यालय लक्ष्मीनियाँबाट खटिएको कर्मचारीले उनको फर्निचरमा छापा मारेको थियो । सो क्रममा फर्निचरबाट साढे ११ क्यूफिट अवैध सालको चिरान र गोलिया बरामद भएको थियो । त्यसलगतै उनी फरार रहदै आएका थिए ।

    फरार फर्निचर संचालक ठाकुरलाई प्रहरी चौकी खयरमाराले बिहीवार घरबाटै पक्राउ गरेर डिभिजन वन कार्यालय महोत्तरीको जिम्मा लगाएका थिए ।
    ठाकुरलाई सशस्त्र वन सुरक्षा शाखा माईस्थानमा राखेर अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख साहले बताए ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस