• The Public Today
  • अस्पतालबाट फरार बलात्का/रहत्या आरोपित जंगलमा भेटिए



    द पब्लिक टुडे
    गौशाला, मंसिर १९ गते :
    अस्पतालबाट फरार बलात्काररहत्या आरोपित राजेन्द्र बोहरा शुक्रबार बिहान जंगलबाट पक्राउ परेका छन् ।

    बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्काररहत्याका अभियुक्त बोहरालाई डोटीकै पूर्वचौकी गाउँपालिका वडा नम्बर १, फुलोट भन्ने जंगलमा हिँडिरहेको अवस्थामा फला पारिएको डोटीका एसपी जनक पाण्डेले जानकारी दिए।

    ‘जंगलको बाटो भएर रोडमा निस्किँदै गर्दा प्रहरी टोलीले उनलाई समातेको हो,’ एसपी पाण्डेले भने, ‘हामी उनलाई लिएर आउँदै छौं।’

    बिहीबार राति १० बजे अस्पतालबाट भागेका उनलाई प्रहरीले शुक्रबार बिहान ९ बजेतिर फेला पारेको हो।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस