• The Public Today
  • महोत्तरीमा १२ करोड ६५ लाखको पुल शिलान्यास


    महोत्तरी, मंसिर १९ गते । महोत्तरीको औरही नगरपालिकामा बन्न लागेको पुलको शिलान्यास गरिएको छ ।

    औरही नगरपालिका २ फुलवरीया र गौशाला निगौल जोड्ने जङगा नदीमा १२ करोड ६५ लाख ७ हजार ८ सय ५७ रुपैँयाको लागतमा निर्माण हुन लागेको पुलको जनता समाजवादी पार्टी (जसपा) का नेता शरदसिंह भण्डारी र प्रदेश २ का भौतिक पुर्वाधारमन्त्री जितेन्द्र सोनलले शुक्रवार पुजापाठ गरि शिलान्यास गरेका हुन् ।

    २०७९ सालसम्म सो पुल निर्माण भइसक्ने गरी ठेक्का सम्झौता भएको छ । पुल शिलान्यासपछि नदी तरेर बाटो हिड्ने र घुमौरो बाटो भएर आवातजावत गर्ने स्थानीयहरु गदगद भएका छन् ।

    शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्यहरु जैनुल राईन, कौशल किशोर यादव, जानकी शरण साह लागायतका उपस्थिती थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस