• The Public Today
  • थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं, मंसिर १९ गते । नेपालमा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ भने अहिलेसम्म २ लाख २१ हजार ८४७ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५६७ पुगेको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १५७५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस