• The Public Today
  • राजविराज कारागारमा स्वास्थ्य सामग्री वितरण


    सप्तरी, मंसिर १९ गते । राजविराज कारागारमा रहेका बन्दी, प्रहरी र कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरेको छ ।

    जेसिज सप्ताहका अवसरमा नेपाल जेसिजका पूर्वकार्यकारिणी उपाध्यक्ष शङ्कर शारदा र राजविराज जेसिजका अध्यक्ष पुनम पोखरेलले कारागारका निमित्त प्रमुख सञ्जयकुमार रामलाई आज आयोजित कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कारागारमा एक आश्रित बालक र १७ महिलासहित ३७० बन्दी रहेका जनाइएको छ ।

    हस्तान्तरण गरिएको सामग्रीमा १० लिटर स्यानेटाइजर, चार कार्टुन मास्क र चालीस पोका सेनेटरी प्याड रहेको कार्यक्रम संयोजक सिद्धार्थ तातेडले जानकारी दिए ।


    क्याटेगोरी : मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस