• The Public Today
  • भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना


    बैतडी, मंसिर २० गते : सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई बेडको आईसीयू कक्ष स्थापना भएको छ । कोरोनाका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । उनले भने, “हामीले जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गरेका छौँ ।”

    जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना भएपछि सञ्चालनमा भने समस्या हुने भएको छ । आईसीयूका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताए । आईसीयू सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आईसीयू सञ्चालनमा समस्या आउने देखिएको छ । उनले भने, “आईसीयू कक्ष स्थापना भयो तर त्यसमा काम गर्ने विशेषज्ञको अभाव हुँदा सञ्चालनमा समस्या छ ।” रासस


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस