• The Public Today
  • प्रदेश प्रमुखलाई थप उपचारका लागि काठमाडौं लगियो


    गौशाला, मंसिर २० गते : प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

    प्रदेश प्रमुख अधिकारी यही १२ मंसिरमा कोरोना संक्रमित भएर विराटनगरस्थित निवासमा बस्नु भएको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए ।

    प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएको हो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस